काठमाडौं । आयोजक कुसुन्ती ‘बी’ दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल मैदानमा कुसुन्ती ‘बी’ ले चावहिल भेट्रानलाई १-० गोलले पराजित गयो । विजयी टिमका लागि सविन श्रेष्ठले निर्णायक गोल गरे ।
थर्ड आई, जोरपाटी एफसी र बीबीसी भेट्रान पनि सेमिफाइनलमा पुगे । थर्ड आईले आईयुएफसीलाई १-० गोलले हरायो । शशि रिमालले निर्णायक गोल गरे । जोरपाटीले एफसी सिलिंक हेटौंडा भेट्रानलाई २-० गोलले पन्छायो ।
बीबीसीले बिजी फुटसललाई २-० गोलले पाखा लगायो । नवीन न्यौपाने र दीपक लामाले समान १-१ गोल गरे । सेमिफाइनल थर्ड आई र कुसुन्ती ‘बी’ तथा बीबीसी र जोरपाटीबीच हुनेछ ।
