ललितपुर । एन्फा महिला राष्ट्रिय लिगअन्तर्गत बिहिबारदेखि शुरु भएको दोस्रो चरणको खेलमा बिभागिय टोली त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती युथ क्लबलाई २-० गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
आर्मीको जितमा दुवै गोल बिमला चौधरीले गरिन् । बिमलाले खेलको ३०औं र ७०औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै आर्मीले तीन अंक जोडेको छ ।
गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणमा पुगेका हुन् ।प्रतियोगितामा बिभागिय तीन टोली नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसंगै वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागि छन् ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा कूल २४ खेलहरु हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
