नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हर्नियाको शल्यक्रियाका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल भर्ना भएका लामिछाने सोमबार डिस्चार्ज भएका हुन् । लामिछाने गत मंगलबार हर्नियाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए ।

अहिले उनको अवस्था सुधारोन्मुख देखिएकाले अस्पतालले डिस्चार्ज दिएको हो र उनको स्वास्थ्यमा यहि गतिमा सुधार भयो भने दुई तीन हप्ता पछि नै सन्दिप क्रिकेट खेल्न सक्ने डाक्टर बताउँछन् ।

लामिछानेको हर्नियाको बुधबार शल्यक्रिया गरिएको अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहले जानकारी दिए । उनको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो ।

चार वर्ष देखि हर्नियाको समस्याबाट पीडित भएका सन्दिपले पछिल्लो समय मुद्दा मामिलाका साथै खेलको व्यस्तताका कारण शल्यक्रिया गर्न पाइरहेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *