नेपाली कांग्रेसनिकटको लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि हुने सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

आइतबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ टोली सहभागि हुनेछन् । बिभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबसहित चर्चब्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्डस फुटबल क्लब र बागमती फुटबल क्लबले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

खेल तालिका अनुसार उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब भिड्ने भएका छन् । उद्घाटन खेल माघ १० गते दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले २६ लाख र उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *