इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राती भएको खेलमा जित हात पार्दै लिभरपुलले तालिकामा चार अंकको अग्रता लिएको छ ।

ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा डार्विन नुनेजले इन्ज्युरी समयमा दुई गोल गरेपछि लिभरपुलले गुमाइसकेको अंक पाएको छ ।

निर्धारित ९० मिनेटभित्र गोलरहित बराबरी भएपछि अंक बाँड्ने अवस्थामा पुगेका बेला नुनेजले इज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

त्यसको दुई मिनेट पनि बित्न नपाउँदै नुनेजले अर्को गोल गरेपछि लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा २-० को शानदार जित निकालेको हो ।

यो जितसँगै लिभरपुलले दोस्रो स्थानको आर्सनललाई ६ अंकले पछि छोडेको छ

२१ खेल खेलेको लिभरपुलले ५० अंक बनाएको छ भने दोस्रो स्थानको आर्सनलको ४४ अंक छ । आर्सनलले लिभरपुलभन्दा एक खेल बढी खेलेको छ । पराजित ब्रेन्टफोर्ड २८ अंकसहित तालिकाको ११औं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलमा बर्नमाउथले न्युक्यासललाई ४-१, क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई र फुलह्यामले लेस्टर सिटीलाई समान २-० ले हराउँदा आर्सनल एस्टल भिल्लासँग २-२ को बराबरीमा रोकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *