आइसिसी यु-१९ महिला टि-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले १४० रनको विशाल लक्ष्य पाएको छ ।

मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् । यसैगरी एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए । 

नेपालकी कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् । अन्य बलर महंंगा सावित भए ।

यसअघिका दुई खेलमा लगातार हार बेहोरेको नेपाल आज अस्ट्रेलियालाई हराउँदै सुपर सिक्समा पुग्ने झिनो सम्भावना जीवितै राख्न चाहन्छ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर एक खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *