माउन्ट एभरेष्ट मोटरस्पोट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला) मा प्रथम भएका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गते हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्का अर्थिक सहयोगमा भएको फेस्टिभलमा मोटरस्पोर्टस्का चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनि लगायतका विभिन्न आकर्षण रहेको थियो ।
फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्ट्समाण्डुका प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिगविजय अधिकारी तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे ।
विजेताहरुले जनही क्रमशः सत्ताईस हजार, नौ हजार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरे ।
बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रमको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्ट्समा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला बढाउनु भयो ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अवेर धुलिखेलमा पुरस्कार वितरण गर्नुभएको थियो ।
