बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनल आज हुँदैछ ।

बुटवलको रामनगर खेल मैदानमा आज दिउँसो १ बजे हुने फाईनलमा बिभागिय टोली नेपाल पुलिस र अर्को बिभागिय टोली त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

सेमिफाइनलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको हो भने गुजरात स्टेटलाई ३-१ को सेटमा हराउँदै पुलिस फाईनलमा पुगेको हो ।

यस्तै तेश्रो स्थानका लागि आजै मणिमुकुन्द र गुजरातबीच बिहान १० बजेबाट प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *