काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) लागातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सलाई ३६-२९ ले पराजित गरेको हो ।
रेडबाट जनकपुरले २१ अंक प्राप्त गर्दा पोखराको खातामा १५ अंक रह्यो । डिफेन्समा पनि जनकपुरले ६ अंकको अग्रता लियो । डिफेन्सबाट जनकपुरले ८ र पोखराले २ अंक जोडे ।
यसैगरी जनकपुरले दुई अलआउटबाट चार अंक प्राप्त गर्यो । बोनस प्वाइटमा भने पोखरा आगाडि रह्यो । बोनसबाट पोखराले १२ अंक जोड्दा जनकपुरले ३ अंक मात्रै थप्न सक्यो ।
जितसँगै जनकपुरले चार खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित पोखरा समान खेलबाट चार अंकसहित पुछारमा छ ।
