नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा जनकपुरले विराटनगर ब्यान्डिट्सलाई ४०-३८ ले पराजित गरेको हो ।

पहिलो हाफ सकिँदा जनकपुर २२–१५ अंकले पछि परेको थियो । तर, दोस्रो हाफमा शानदार पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गर्यो ।

जितसँगै तीन खेलमा १५ अंक जोडेको जनकपुर शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको विराटनगर समान खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ ।

दिनको पहिलो खेलमा काठमाडौं माभरिक्सले हिमालयन रेडर्सलाई ५६-३४ को फराकिलो अन्तरले हरायो । भोलि एक खेल हुनेछ । जहाँ धनगढी वाइल्ड क्याट्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *