खो-खो विश्वकपमा उपविजेता नेपाली टोलीलाई नेपाल कबड्डी लिग (एनकेएल) ले सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार काठमाडौं लेकर्स र हिमालयन रेडर्सचको खेलपछि कबड्डी कोर्टमा खादा लगाएर सम्मान गरेको हो ।
खो-खो विश्वकपमा उपविजेता नेपाली महिला र पुरुष दुवै टोलीका खेलाडीहरुलाई नेपाल कबड्डी लिगका अध्यक्ष अमित बेगानी, खो-खो संघका अध्यक्ष प्रदिप महर्जनलगायतले खादा लगाएर सम्मान गरेको हो ।
यस्तै, सम्मानपछि एनकेएलका अध्यक्ष अमित बेगानीले एउटा खेलले अर्को खेललाई सम्मान गर्नुपर्छ भन्ने मान्यता अनुसार सम्मान गरेको बताए ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको महिला र पुरुष दुवै टोली आयोजक भारतसँग पराजित भएका थियो । बिश्वकपमा पुरुषतर्फ २० तथा महिलातर्फ १९ राष्ट्रको सहभागीता थियो ।
