अष्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) को उपाधि होबर्ट हुरिकेन्सले जितेको छ ।
सोमबार भएको फाइनलमा सिड्नी थन्डर्सलाई ७ विकेटले पराजित गर्दै हुरिकेन्सले पहिलो पटक बिग बास लिगको उपाधि जितेको हो ।
सिड्नीले दिएको १८३ रनको लक्ष्य होबार्टले १४ ओभर १ बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।
होबार्टको लागि नायक मिचेल ओवेन बने । ओवेनले मात्र ३९ बलमा शतक प्रहार गरे । ३९ बलको सामना गरेका उनले ६ चौका र ११ छक्का प्रहार गरेर क्रिज फर्किए । त्यस्तै, होबार्टको म्याथ्यु वेडले ३२ रन बनाएका थिए । बेन म्याकडेमोर्टले १८ रन बनाउँदै नटआउट रहे ।
सिड्नीको लागि तनवीर सागाले २ तथा टम एन्डुयजले १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । सिड्नीको लागि ओपनर तथा कप्तान डेभिट वार्नर र जेसन सागाले पहिलो विकेटको लागि ९७ रनको उत्कृष्ट सझदारी गरेका थिए ।
कप्तान वार्नरले ४८ रन बनाउँदा जेसनले ६७ रन बनाएर पेभिलियन फर्किएका थिए । हुरिकेन्सको लागि राइली मेरेडिथ तथा नाथन इगिलिसले समान ३- ३ विकेट लिए ।
१४ औं संस्करणको बिबिएलमा कूल ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितमा सर्वाधिक रन होर्बटका ओवेनले गरे। उनले प्रतियोगिताभर ४५२ रन बनाए ।
त्यस्तै, पर्थ स्कोस्का जेसन बेनर्डवोले सर्वाधिक १७ विकेट लिए । यसअघि भएको अघिल्लो संस्करणको बिबिएलको उपाधि ब्रिसबेन हिटले जितेको थियो ।
