आईसीसी यु-१९ महिला टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा ५२ रन मात्रै बनाएर अलआउट भयो ।
नेपालका लागि सना प्रविनले सार्वधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि जन्नतुल माउवाले २ तथा निशिता अक्तर, अनिसा अक्तर र फाहोमिदा चोयाले समान १-१ विकेट लिए । नेपालका पाँच ब्याटर अनु कडायत, रचना चौधरी, अलिशा यादव, सिमाना केसी र पूजा महतो भने रनआउट भएका थिए ।
नेपाल रहेको समूह ‘डी’ को पहिलो खेलमा शनिबारै अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको थियो ।
