नेपाल मलेसिया जारी आइसिसी महिला यु-१९ महिला बिश्वकपअन्तर्गत पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुनेछ ।

विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलिया विरुद्ध खेल्ने छ । 

नेपालको सुरुआती ११:
पुजा महतो (कप्तान), सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना विक, किरण कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *