जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति डर्टमन्ड इन्ट्राक्ट फ्रान्कफर्टसँग २–० गोल अन्तरले पराजित भएको हो ।

फ्रान्कफर्टको घरेलु मैदानमा भएको खेलमा फ्रान्कफर्टलाई जित दिलाउन ह्युगो एकिटिके र ओस्कार होजलन्डले गोल गरे ।

खेलको १८औँ मिनेटमा एकिटिकेले गोल गर्दै फ्रान्कफर्टलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा होजलन्डले गोल गर्दै फ्रान्कफर्टलाई २–० को जित दिलाएका हुन् ।

जितसँगै फ्रान्कफर्टसँग १८ खेलबाट ३६ अंकका साथ लिगको तेस्रो स्थानमा कायम छ । पराजित डर्टमन्ड भने समान खेलबाट २५ अंकका साथ १०औँ स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *