जनकपुर नाइट्स लिग चरणमा अपराजित रहदै नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा काठमान्डु माभरिक्ससँग ३९-३९ को बराबरीमा रोकिँदै जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।

जारी प्रतियोगिताको यो पहिलो बराबरी हो । बराबरीसँगै दुवै टोलीले समान तीन अंक जोडे ।

जनकपुरले पाँच खेलबाट चार जित र एक बराबरीसहित २३ अंक बनायो । काठमाडौं भने पहिलो क्वालिफायरमा स्थान बनाउन विराटनगर नाइट्सको नतिजामा भर पर्नुपर्ने छ ।  

विराटनगरले शनिबार पोखरा लेकर्ससँग प्रतिस्पर्धा गर्नेछ । काठमान्डौंको १९ र विराटनगरको १६ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *