टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने भएको छ ।

आयोजक टाइगर गुप्र अफ पोखराले शुक्रबार विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो । आयोजकका अनुसार उपविजेताले २ लाख ८५ हजार ५५५ तथा तेस्रो स्थान हासिल गर्नेले १ लाख ८५ हजार ५५५ पाउनेछन् ।

यस्तै प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएकाे छ । माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पाँचौं संस्करणमा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन् ।

यस्तै, प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ । एनसिएल  मुख्य प्रायोजकका रूपमा प्रतियोगितालाई साथ दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *