त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिका छन् ।
प्रतियोगिताभर उनले ४ खेलको ८ इनिङमा ३३ विकेट हात पारेका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए ।
साहबले एलिट कपको उत्कृष्ट बलर समेत बनेका छन् । यो अवार्ड लिग चरणको प्रदर्शनको आधारमा दिइएको थियो । लिग चरणको खेलमा साहबले २१ विकेट लिएका थिए ।
यसैगरी मधेश प्रदेशका ओपनर मयन यादव प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए । उनले ३ खेलमा १ शतक तथा १ अर्धशतकसहित २ सय ६८ रन बनाएका थिए । प्रतियोगितामा शतक प्रहार गर्ने मयन एक मात्र खेलाडी रहेका थिए ।
फाइनलको दुवै इनिङमा गरेर ११ विकेट लिने नेपाल पुलिस क्लबका सागर ढकाल प्लेयर अफ द फाइनल भए । बिहीवार विभागीय ड्रर्बी फाइनलमा आर्मीलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सम्पन्न पहिलो संस्करणको यस प्रतियोगितामा पछिल्लो प्रधानमन्त्री कपका शीर्ष ४ टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, मधेश प्रदेश र बागमती प्रदेशको सहभागिता थियो ।
बागमती र मधेस प्रदेश समूह चरणबाटै बाहिरिएका थिए भने तालिकाको शीर्ष २ स्थानमा रहेका टोली पुलिस र आर्मि उपाधि भिडन्तमा उत्रिएका थिए ।
