वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी जय ट्रफी पुरुष एलिट कप अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेलमा पुलिसका कुलश भुर्तेलले ह्याट्रिक लिएका छन् ।

आर्मीसँँगको पहिलो इनिङको खेलमा कुशलले विवेक यादव, सुमित श्रेष्ठ र साहब आलमलाई आउट गरेका थिए । यो जारी प्रतियोगिताको दोस्रो ह्याट्रिक हो । यसअघि पुलिसकै श्रवण यादवले ह्याट्रिक लिएका थिए ।

कुशलले ३७औं ओभरको अन्तिम बलमा विवेकलाई आउट गरे । त्यसपछी ३९औं ओभरको पहिलो बलमा सुमितलाई आउट गरेका कुशलले दोस्रो बलमा साहब आलमलाई पनि खाता खोल्न दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *