एन्फा यु १६ युथ लिगमा बिहीबार थ्री स्टार क्लब र संकटा क्लब बिजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले मछिन्द्र तथा संकटाले आर्मीलाई पराजित गरेको हो ।
दिनको पहिलो खेलमा थ्री स्टार क्लबले मछिन्द्र फुटबल क्लबलाई ३-० गोलले हरायो । थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे ।
जितसँगै थ्री स्टारले चार खेलबाट १० अंक जोडेको छ । पराजित मछिन्द्रको समान खेलबाट ६ अंक रहेको छ ।

दिनको दोस्रो खेलमा संकटा क्लबले बिभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० गोलले हरायो । संकटालाई जित दिलाउन एल्सन राई, गुन्डस सुनुवार र पेम्बा तामाङले गोल गरे ।
जितसँगै संकटाले चार खेलबाट ७ अंक जोडेको छ । लगातार पाँचौ खेलमा पराजित आर्मी अंक विहिन छ ।
