आइसिसी महिला यु–१९ टि-२० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार अस्ट्रेलियाको सामना गर्दैछ ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

यसअघिका दुई खेलमा लगातार हार बेहोरेको नेपाल आज अस्ट्रेलियालाई हराउँदै सुपर सिक्समा पुग्ने झिनो सम्भावना जीवितै राख्न चाहन्छ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर एक खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोड्दा बंगलादेश र स्कटल्याण्डको समान २ अंक छ । नेपाल भने अंकविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *