म्यानचेस्टर सिटी प्रिमियर लिगमा क्रिस्टल प्यालेससंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी क्रिस्टल प्यालेससंग २–२ को बराबरीमा रोकिएको हो ।

प्यालेसको घरेलु मैदान सेलहुर्स्ट पार्क रंगशालामा भएको खेलमा भ्रमणकारी टोली सिटी दुई पटक खेलमा पछि परेर बराबरीसम्म आयो ।

खेल सुरु भएको चौथौं मिनेटमा विल हगेहेसको पासमा ड्यानियल मुनोजले गोल गर्दै घरेलु टोलीलाई १-० ले अघि बढाए ।

त्यसपछि खेलको ३० औं मिनेटमा म्याथ्युस नुनेसको पासमा इर्लिङ हालान्डले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो । त्यसपछि खेलको ८४ औं मिनेटमा लिविसले दोहोरो पँहेलोसंगै रातो कार्ड खाँदा सिटी १० खेलाडीमा समेतियो ।

बराबरीसंगै सिटीले १५ खेलबाट २७ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा रहेको छ । प्यालेसको पनि समान १५ खेलमा १३ अंकसहित तालिकाको १६ औं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *