पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनमाथि सहज जित निकालेको छ । आईतवार राति भएको खेलमा साविक विजेता पिएसजीले लियोनलाई ३-१ ले पराजित गरेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ओसमान डेम्बेले, भिटिन्हा र गोन्कालो रामोसले गोल गरे । लियोनका लागि भने जियोर्जेज मिकौट्जेले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको आठौं मिनेटमा डिजायर डौयको पासमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।त्यसपछि १४ औं मिनेटमा भिटिन्हाले पेनाल्टीमा गोल थप्दै पिएसजीलाई २-० ले अघि बढाए ।
तर, ४० औं मिनेटमा रायान चेर्कीको पासमा मिकौट्जेले लियोनका लागि गोल फर्काउँदा खेल २-१ को अवस्थामा आयो । खेलको अन्त्यतिर ८८ औं मिनेटमा रामोसले गोल गर्दा पिएसजी ३-१ ले विजयी भयो ।
जितसंगै पिएसजीले १५ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पराजित लियोनको भने १५ खेलबाट २५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
