दाङ । दाङको तुलसीपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसीपुर ले जितेको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसीपुर मा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३ -२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित गर्दै हेलो मोबाईल तुलसीपुर ले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पायो । फाईनलमा सम्माजक हार ब्यहोरेको रुकुम भलिबल उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै तुलसीपुर १ तृतिय भयो । उसले नगद १५ हजार कप, मेडल तथा प्रमाणपत्र हात पार्यो ।
कार्यक्रमको समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिको अध्यक्षता तथा तुलसीपुर उधोग बाणिज्य संघका महासचिव केशव राज केसिको प्रमुख आतिथ्य एवं तेक्वान्दोका अन्तराष्टीय खेलाडी मोहन सुनारको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा बिजेता, उपबिजेता तथा तृतिय स्थान हासिल गर्ने टिम तथा खेलाडी, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका सर्वोउत्कृष्ट खेलाडी हेलो मोबाईलका गजनी थारु, बेस्ट स्पाईकर रुकुम भलिबलका प्रकाश बिक, बेस्ट लिफ्टर हेलो मोबाईलका सुप्रीम चन्द, बेस्ट ब्लकर रुकुम भलिबलका चन्द्र बहादुर रावत, बेस्ट लिब्रो रुकुम भलिबलकै लक्ष्मण शाही, र बेस्ट कोच हेलो मोबाईलका आकाश खनाल लाई प्रमुख अतिथी, विशिष्ट अतिथिले पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको थियो ।
