नेपाल भलिबल संघ (एनभिए) को वार्षिक साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुकुटे बजारमा हुने भएको छ ।
संघले आइतबार सार्वजनिक सुचना निकाल्दै ११औं साधारणसभाको मिति तय गरेको हो । यसअघि नै ४२औं कार्य सम्पादन समितिको साधारणसभा माघ ६ मा गर्ने निर्णय गरेको थियो ।
जितेन्द्रबहादुर चन्दको अध्यक्षमा बस्ने साधारणसभाले वार्षिक कार्यप्रगति, आगामी योजना उपर छलफल हुने जनाएको छ ।
यस्तै, कोषाध्यक्षले आर्थिक प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने कार्यक्रम र लेखा परिक्षक नियुक्ती साथै पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।
