इंङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा १–० को अग्रता जोगाउन नसक्दा सिटी युनाइटेडसँग पराजित भएको हो ।

युनाइटेडको जितमा कप्तान ब्रुनो फनान्डेस र डियालोले गोल गरे । सिटिका जोस्को ग्वार्डियोलले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ३६औँ मिनेटमा ग्वार्डियोलले हेडमार्फत गोल गर्दै सिटीलाई पहिलो हाफ भरि अग्रता दिलाएका थिए । तर, खेलको ८८औँ मिनेटमा युनाइटेडका लागि ब्रुनोले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए ।

त्यसको दुई मिनेटपछि ९० औं मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई २–१ को पुनरागमन जित दिलाए ।

खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी १६ खेलमा २७ अंकका साथ पाँचौं स्थानमा झरेको छ भने समान खेल खेलेको युनाइटेड २२ अंकसहित १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *