चोटका कारण लामो समय विश्राम गरेपछि ब्राजेलियन स्टार नेयमार मैदान फर्किएका छन् । उनी सोमाबार राती अल हिलालबाट म्याच खेल्दै मैदान फर्किएका हुन् ।

नेयमारले सानदार पुनरागमन गरे । क्लब मैत्रीपूर्ण खेलमा साउदी प्रो लिग क्लब अल फायहा एफसीविरुद्ध अल हिलाललाई २-० को जित दिलाउनेक्रममा नेयमारले एक गोल गरे । अल हिलालको जितमा नेयमार र माल्कोमले समान एक-एक गोल गरे ।

यसअघि नेयमार घुँडाको शल्यक्रियापछि ९ महिना विश्राममा थिए । गत महिना कमब्याक नभएपछि पुनः विश्राममा बस्नु परेको थियो । अब भने नेयमार मैदान फर्कन तयार रहेको बुझिएको छ ।

बार्सिलोना र पिएसजीका ३२ वर्षीय पूर्व खेलाडीले अन्तिम पटक नोभेम्बरमा प्रो लिग खेलेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *