ब्राजिलियन विंगर विलियनले ग्रिस क्लब ओलम्पियाकोस छाडेका छन् । उनी गत सिजन इङ्लिस क्लब फुलहमबाट ओलम्पियाकोस पुगेका थिए ।
विलियनले ओलम्पियाकोसका लागि मात्र ६ लिग खेल खेले । आपसी सहमतीमा विलियनले क्लब छाडेको बताइएको छ ।
३६ वर्षीय विलियन अब फ्रि-ट्रान्सफरमा उपलब्ध भएका छन् । विलियम्सले चेल्सी, आर्सनल, शाख्तर डोनेस्क जस्ता चर्चित क्लबबाट व्यवसायीक फुटबल खेलेका छन्
