काठमाडौं । नेपालले एसिसी महिला यु-१९ एसिया कपअन्तर्गत सुपर फोरको आफ्नो दोसे तथा अन्तिम खेलमा शुक्रबार बंगलादेशको को सामना गर्दैछ ।
खेल मलेसियाको बायोमास ओभलमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ । नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।
सुपर फोरको पहिलो खेल वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । यता बंगलादेश भारतसँग आठ विकेटले पाजित भएको थियो ।
बंगलदेशविरुद्ध जित निकाले नेपाल फाइनल प्रवेश गर्नेछ ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।
यस्तै बंगलादेशले श्रीलंकालाई २८ र घरेलु टोली मलेसियालाई १२० रनले हराएको थियो ।
