नमुना स्पोर्ट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिता यहिँ पुस २० गतेबाट सुरु हुने भएको छ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार १११, उपविजेताले एक लाख एक हजार १११ रुपौँया तथा ट्रफी मेडल प्रमाण पत्र पाउने छ भने सेमिफाइनलमा पुग्ने टोलीले ७१ हजार ११० पाउने आयोजकले जनाएको छ।

बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट किपर, बेस्ट कोच सर्वाधिक गोल कर्ता र अनुशासित टिमलाई पाँच हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ।

प्रतियोगितामा सहभागि टिमले खोटाङ जिल्ला भित्रका चार जना, जिल्ला बाहिरका तीन जनागरी वडा भन्दा बाहिरका सात खेलाडी समावेश गराउने पाउने आयोजकले जनाएको छ। खोटाङ जिल्ला भित्रका १६ वटा टिम मात्रै सहभागि हुने छन्।

प्रतियोगिताकमा टिम दर्ताको लागि पुस १५ गतेसम्म समय रहेको छ भने खेल तालिका पुस १६ गते सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *