दिपक बोहरा, पाँचथर

फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

एनआरटीलाई १-० गोलले हराएर मच्छिन्द्र फाइनलमा पुगेको हो । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध साँघुरो जित निकाल्दै मच्छिन्द्रल उपाधि नजिक पुगेको हो ।

एनआरटी पराजित भए सँगै पुर्वमा एनआरटी र चर्च ब्वाइज युनाइटेबीच तेस्रो फाइनल प्रतिस्पर्धा टरेको छ ।

यो सँगै फाल्गुनन्द गोल्डकपको फाइनल खेल्ने टोलीको टुङगो लागेको छ । सोमबार हुने फाइनल खेलमा मच्छिन्द्रले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग भेट पक्का गरेको छ । मच्छिन्द्रका लागि खेलको १०औं मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक बनेको थियो ।

विजु भुजेलको हेड फ्लिकमा उनले गोल गरेका हुन् । एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाउ गर्ने मौका नै पाएनन् । केही अवसर सिर्जना गरे पनि एनआरटी स्कोर गर्न चुकेको थियो । एनआरटीका कप्तान अन्जन विष्टको केही राम्रा प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए ।

खेलको प्लेयर अफ दी म्याच नेपाली टोलीका पूर्व रक्षक देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।

यस गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *