बेलबारी । मोरङको बेलबारीमा हुने प्रदेश स्तरीय यु-१५ पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यहि पुस १६ गतेदेखि हुने प्रतियोगिताको आयोजक बेलबारी फुटबल क्लबले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेल सुनवर्षी फुटबल क्लब र काकडभिट्टा फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा मोरङ, सुनसरी र झापा गरी कुल १६ टिमको सहभागिता रहनेछ ।
खेल बेलबारी-३ स्थित प्रस्तावित बेलबारी रंंगाशालामा हुने आयोजक क्लबका सचिव जनक पोख्रेलले जानकारी दिनुभयो ।
“राष्ट्रको शान, खेललाई सम्मान, बालबालिकालाइ कुलतबाट बचाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ५१,१११ शहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५,५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रसीन लामाले बताउनु भयो ।
त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले एक थान फुटबल बुट पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकले ग्लोभ्स, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डर दुबैले बुट तथा उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडी समान एक-एक थान साइकल पुरस्कार प्राप्त गर्नेछन् ।
