बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ । भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो ।
माइन्जको घरेलु मैदानमा भएको खेलमा बलियो टोलीविरुद्ध सनसनी जित निकाल्न घरेलु टोलीकालागि लि जाय सुङले दुई गोल गरे । बायर्नका लागि लेरोय सानेले एक गोल फर्काए ।
पहिलो हाफको ४१ औं मिनेटमा लिले गोल गर्दै माइन्जलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ६० औं मिनेटमा अर्मिन्डो सैबको पासमा लिले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा माइन्ज २- ० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ८७ औं मिनेटमा सानेले बायर्नका गोल फर्काउँदा खेल २-१ ले सकियो ।
शनिबार राती भएको अर्को खेलमा साविक विजेता वायर लेभरकुसेनले अग्सबर्गलाई २-० ले हराउँदै बार्यनसँगको अंक दूरी घटाएको छ । मार्टिन टेरिर र फ्लोरेन विर्टजले लेभरकुसेनका लागि गोल गरे ।
अप्रत्यासित हारसंगै लिग लिडर म्युनिखको १४ खेलबाट ३३ अंक रहेको छ । दोस्रो स्थानको लेभरकुसेनको २९ अंक पुगेको छ । माइन्स २२ अंकसहित छैटौं स्थानमा उक्लिन सफल भयो । अग्सबर्ग १६ अंक लिएर १३ औं स्थानमा छ।
