बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा आइतबार घरेलु टोली उल्भ्सबर्गमाथि ३-१ को सहज जित दर्ता गरेको छ ।

भोल्कस्ओगन एरिनामा डर्टमन्डलाई विजयी गराउन डोनियल मालेन, म्याक्सिमिलियन बेयर र जुलियन ब्रान्ड्टले गोल गरे । पराजित उल्भ्सबर्गका लागि डेनिस भाभ्रोले गोल फर्काए ।

खेलको २५औं मिनेटमा मालेनले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै बेयरले गोल गर्दै डर्टमन्ड २-० ले अघि बढ्यो ।

त्यसपछी, ब्रान्ड्टले ३० औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई ३-० को अग्रता दिलाए । भाभ्रोले ५८औं मिनेटमा गरेको गोल उल्भ्सबर्गका लागि सान्त्वना बन्यो ।

पास्कल ग्रसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ६२औं मिनेटमा डर्टमन्ड १० खेलाडीमा सिमित भएको थियो । तर उल्भ्सबर्गले त्यसको फाइदा उठाउन सकेन ।

जारी सिजनमा डर्टमन्डको यो पहिलो अवे जित हो । जितसँगै १५ खेलमा २५ अंक जोडेको छैटौं स्थानमा उक्लिएको छ । पराजित उल्भ्सबर्ग समानखेलबाट २१ अंकका साथ ११औं स्थानमा छ ।

बुन्डेसलिगा अन्तर्गत आइतबार राती भएको अर्को खेलमा भिएफएल बोकमले हेडेनहेमलाई २-० गोल अन्तरले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *