हेटौंडा । दोलखा र सिन्धुली हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
हेटौंडा-५, स्थित पिप्ले-क्याम्पा रंगशालामा बिहीबार सम्पन्न दुई खेलमा दोलखाले नुवाकोटलाई र सिन्धुलीले नुवाकोटलाई पराजित गर्दै बिजयी सुरुआत गरेका हुन् ।
बिहीबारको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सुजन माझीले खेलको ३५औं मिनेटमा गोल गर्दै दोलखालाई सुरुआती अग्रता दिलाएका थिए । नुवाकोटका लागि खेलको दोस्रो हाफको २२ मिनेटमा किशोर पण्डितले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए ।
दोलखाको जितमा संग्राम श्रेष्ठले अर्को गोल थप्दै टिमलाई २-१ को अग्रता दिलाएका थिए । श्रेष्ठले दोस्रो हाफको ४२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका थिए । सो पश्चात नुवाकोट खेलमा फर्कन सकेन र पराजित भयो ।
खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका थिए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा सिन्धुलीको ब्लु अलपलाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
सिन्धुलीलाई जित दिलाउन सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरेका थिए । खेलको पहिलो हाफको २३ मिनेटमा सचिवले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने पहिलो हाफको ४१ मिनेटमा समिरले टिमको अग्रता दोब्बर बनाएका थिए । सिन्धुलीका रवी गोल गरेका थिए ।
खेलको पहिलो हाफको २३ मिनेटमा सचिवले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने पहिलो हाफको ४१ मिनेटमा समिरले टिमको अग्रता दोब्बर बनाएका थिए । सिन्धुलीका रवी महतराले खेलको ६७ मिनेटमा थप एक गोल गरे । उनको गोलसँगै भक्तपुर ३-० को गोलअन्तरमा रहन पुगेको थियो ।
खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२:३० बजेबाट सुरु हुनेछ । दुवै टिम पहिलो पटक मैदान उत्रिदैछन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे हुनेछ । काभ्रे प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेल खेल्दैछ भने चितवन पहिलो खेलका लागि मैदान प्रवेश गर्दैछ । काभ्रेले यसअघि काठमाडौंसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा काठमाडौँले ३-० गो अन्तरले काभ्रेलाई पराजित गरेको थियो ।
