यतिबेला पाकिस्तानी टोली दक्षिण अफ्रिकाको भ्रमणमा छ । दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा दुवै टोली बिहीबार आमनेसामने हुँदैछन् ।
सेन्चुरियनमा हुने यो खेलका लागि पाकिस्तानले बुधबार आफ्नो प्लेइङ ११ घोषणा गरेको छ । यसमा स्टार ब्याट्सम्यान बाबर आजम फर्किएका छन् । उनी साढे २ महिनापछि टेस्ट टिममा परेका हुन् ।
दायाँ हाते ब्याट्सम्यान टेस्ट टिममा फर्किएका छन् । उनी अन्तिम पटक इङ्गल्याण्ड विरुद्धको पहिलो टेस्ट (०७-११ अक्टोबर) मा खेलेका थिए थिए। त्यस खेलमा उनले ३५ रन मात्र बनाउन सके । यसपछि उनी पछिल्लो दुई टेष्ट खेलबाट बाहिरिएका थिए । अब उनी पहिलो टेस्टमा बलियो प्रदर्शन गर्दै टोलीमा आफ्नो स्थान पक्का गर्न चाहन्छन् ।
टेस्ट सिरिजअघि पाकिस्तानले दक्षिण अफ्रिकासँग एकदिवसीय सिरिज खेलेको थियो । तीन खेलको शृङ्खलामा दायाँ हाते ब्याट्सम्यान अब्दुल्लाह शफिक लगातार तीन पटक शून्य रनमा आउट भएका थिए । आफ्नो ब्याटबाट रन बनाउन नसकेका कारण उनी पहिलो टेस्टको प्लेइङ ११ बाट बाहिरिएका छन् ।
पाकिस्तानले एकदिवसीय सिरिजमा आयोजकलाई ०-३ ले पराजित गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले टी-२० सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको थियो ।
फास्ट बलर मोहम्मद अब्बास पनि पाकिस्तानको प्लेइङ ११ मा परेका छन् । ३४ वर्षीय बलर करिब तीन वर्षपछि पाकिस्तानका लागि टेस्ट खेल्दै देखिनेछन् । उनी अन्तिम पटक २०२१ मा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । उनको नाममा २५ टेस्ट खेलमा ९० विकेट छन् ।
खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे देखि सुरु हुने छ ।
पाकिस्तानको प्लेइङ ११: शान मसूद, सैम अयुब, बाबर आजम, कामरान गुलाम, मोहम्मद रिजवान (विकेटकिपर), साउद शकील, सलमान आगा, आमिर जमाल, नसीम शाह, खुर्रम शहजाद, मोहम्मद अब्बास ।
