तनहुँ | राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।

पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । म्याराथनको तयारी थालिएको उनले बताए ।

धारुङ भञ्ज्याङ‌बाट सुरु हुने दौड रानीपोखरी- गाउँपालिकाको कार्यालय- अर्खलाछाप-काफलडाँडा- पुरानो ऋषिङ-पोखरीभञ्ज्याङ-गोठादी-ढुङ्गाडे-चालिसे- भिरकोट- अर्चल्दी-मौरीबास-दाङसिरी-दुवुङकोटमा टुङ्गिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *