आर्सनलले युईएफए च्याम्पियन्स लिगमा मोनाकोमाथि सहज जित निकालेको छ ।
बुधवार राति भएको खेलमा बुकायो साकाप्रेरित प्रिमियर लिग क्लब आर्सनलले लिग वान क्लबमाथि ३-० को सहज जित निकालेको हो ।
इंग्लिस क्लबको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउँदा साकाले दुई गोल गर्दा अर्को गोलका लागि असिस्टसमेत प्रदान गरे । त्यस्तै, अर्को एक गोल काइ हाभार्टेजले गरे ।
पहिलो हाफको ३४ औं मिनेटमा ग्राबियल जेससको पासमा साकाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७८ औं मिनेटमा साकाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा गर्नसका रुपमा समेत चिनिने आर्सनल २-० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर साकाकै पासमा हार्भाटेजले गोल थप्दा आर्सनल ३-० ले विजयी भयो ।
सहज जितसंगै आर्सनलले ६ खेलबाट १३ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मोनाकोको समान ६ खेलबाट १० अंकसहित तालिकाको १६ औं स्थानमा झरेको छ
