नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोक्कामगर सम्मिलित हरियाणा स्टिलर्स भारतीय प्रो कबड्डी लिग च्याम्पियन बनेको छ ।
पुणेस्थित श्री शिव छत्रपती स्पोर्टस कम्प्लेक्समा आइतबार भएको फाइनलमा हरियाणाले पट्ना पायरेट्सलाई ३२-२३ ले पराजित गर्यो ।
हरियाणाले पहिलो पटक प्रो कबड्डी लिगको उपाधि जितेको हो । गत सिजन हरियाणा पुणेरी पल्टनसँग पराजित भएको थियो ।
सेमिफाइनलमा हरियाणाले युपी योद्धाज र पटनाले दबाङ दिल्ली कबड्डी क्लबलाई पराजित गरेका थिए ।
घनश्यामले सात खेलमा ४४ रेड गर्दा १५ अंक बटुलेका थिए । यसैगरी उनले ट्याकलबाट पनि एक अंक जोडेका थिए ।
