ललितपुर । विभागीय टोली नेपाल पुलिस क्लबले एक खेलअगाबै ललित स्मृति एन्फा यु-१८ युथ लिग २०८१ को उपाधि माथि कब्जा गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडमाथि २-१ को जित निकाल्दै पुलिस पहिलो पटक यु-१८ लिगको च्याम्पियन बनेको हो ।

पुलिसलाई जित दिलाउ विक्रम गौतम र कप्तान सुवास बमले समान एक-एक गोल गरे । चर्च ब्वाइजका लागि स्वयमनिमा पाख्रिनलामाले गोल फर्काए ।

खेल शुरु भएको २८ सकेन्डमै विक्रमले गोल गर्दै पुलिसलाई सुरूआती लिएको थियो । त्यसैगरी, खेलको ४४औं मिनेटमा कप्तान सुवास थप एक गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा चर्च ब्वाइजका स्वयमनिमा पाख्रिनलामाले सान्त्वना गोल गरे ।

जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ । यो दोस्रो स्थानको एनआरटीको भन्दा सात अंक बढी हो । पुलिसले लिगको अन्तिम खेल एनआरटीसँगै खेल्नेछ । 

पुलिस यो लिग जित्ने तेस्रो टोली बनेको छ । यसअघि आर्मी र ब्रिगेड ब्वाइजले समान दुई पटक लिग उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *