काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ ।

आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।

पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्‌दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिताको अपेक्षा रहेको घिमिरेले जानकारी दिए । प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ । ‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’

अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए । प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ। यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ ।

यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *