इटालियन सिरी ‘ए’ मा लिग लिडर एटलान्टा र नापोली विजयी भएका छन् ।

शनिबार राती भएको खेलमा एटलान्टाले घरेलु टोली कालियरीलाई १-० ले हरायो । एटलान्टालाई जित दिलाउन निकोलो जानिओलोले खेलको ६६ औं मिनेटामा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै एटलान्टाले १६ खेलबा ३७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम छ । कालियरी समान १६ खेलमा १४ अंकसहित तालिकाको १५औं स्थानमा रहेको छ ।

यस्तै शनिबार राती भएको अर्को खेलमा नापोली युदिनेसेमाथि ३–१ को सहज जित निकालेको हो । युदिनेसेको घरेलु मैदानमा भएको खेलमा नापोलीले एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै पुनरागमन जित निकाल्यो ।

पहिलो हाफको २२ औं मिनेटमा फ्लोरियान थाउभिनको गोलमार्फत् घरेलु टोलीले १-० को अग्रता लियो । तर, दोस्रो हाफको ५० औं मिनेटमा स्कट म्याकटोमनीको पासमा रोमेलु लुकाकुले नापोलीका लागि गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

त्यस्तै, ७६ औं मिनेटमा लाउटारो जियानेटीले आत्मघाती गोल गर्न पुग्दा नापोली २-१ ले अघि बढ्यो । उता, ८१ औं मिनेटमा जियोभानी सिमोनको पासमा एन्ड्रे फ्राङ्क जाम्बो अन्गुइसाले गोल गर्दा नापोली ३-१ ले विजयी भयो ।

सहज जितसंगै नापोलीले १६ खेलबाट ३५ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । पराजित युदिनेसेको समान १६ खेलमा २० अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *