इंग्लिस प्रिमियर लिगको गएराती सम्पन्न खेलमा क्रिष्टल प्यालेस र लेस्टर सिटिले जित हासिल गरेका छन् । क्रिष्टल प्यालेसले इप्स्वीच टाउन र लेस्टर सिटीले वेष्टह्यामलाई पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएका छन् ।

मंंगलबार राती इप्स्वीच टाउनको घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले इप्स्वीच टाउनमाथि १-० को कठिन जित निकालेको छ । क्रिष्टलका जीन-फिलिप माटेटाले खेलको ५९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँँगै १४ खेलबाट १२ अंक जोडेको क्रिष्टल १६ औं स्थानमा उक्लिएको छ भने समान खेल खेलेको इप्स्वीच ९ अंंक सहित रेलिगेशन जोनमा छ ।

यस्तै, गएराती सम्पन्न खेलमा लेस्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरका लागि जेमी भार्डी, बिलाल एल खन्नोस र पाटसन डाकाले समान एक-एक गोल गरे । वेष्टह्यामका निकोलस फुलकुगले एक गोल फर्काए ।

जितपछि लेस्टर सिटी १४ खेलबाट १३ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । समान खेल खेलेको वेष्टह्याम भने १५ अंकसहित १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *