जारी बोर्डर-गावस्कर टेस्ट सिरिजको बाँकी २ खेलका लागि भारतले मुम्बईका स्पिनर अलराउन्डर तनुष कोटियनलाई टिममा समावेश गरेको छ ।
बोर्डर-गावस्कर टेस्ट सिरिज जारी रहेकै अवस्थामा रविचन्द्रन आविश्वनले अर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि भारतीय टिमलाई मुम्बईका इनफर्म अलराउन्डरलाई तनुषलाई टिममा बोलाएका हो ।
मुम्बईबाट विजय हजारे ट्रफी खेलिरहेका २६ वर्षीय तनुष आजै अस्ट्रेलिया पुग्ने छन् । सिरिजको चौथो टेस्ट मेलबर्नमा डिसेम्बर २६ बाट सुरु हुँदैछ । अफस्पिनर तनुष अहिले उत्कृष्ट लयमा छन् । उनले पछिल्ला २ वर्ष घरेलु क्रिकटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
२०२३-२०२४मा मुम्बईलाई रणाजी ट्रफी दिलाउने क्रममा उनी प्लेअफ अफ दी सिरिज भएका थिए । उनका प्रतियोगिताका गब्जबको रहेको थियो । उनले ४१.८३को औसतमा ५०२ रन बनाउनुका साथै २९ विकेट लिएका थिए। उनी ५ सय बढी रन र २५ बढी विकेट लिने एक्ला खेलाडी हुन् ।
बोर्डर-गावस्कर सिरिजअघि अस्ट्रेलिया भ्रमणमा रहेको भारत एको टिममा पनि तनुष थिए । त्यहाँ उनले तीन खेलमा १२ विकेट र ३० रन बनाएका थिए । भारतीय टिमका कप्तान रोहित शर्माले तनुषले केहीसमय अघि मात्र अस्ट्रेलियामा खेलेको बताउँदै उनी अहिलेको समयमा भारतका लागि उपयुक्त विकल्प भएको बताएका छन् ।
‘यो समयमा तनुश हाम्रो लागि सही विकल्प थिए। उनले घरेलु स्तरमा आफ्नो क्षमता देखाइसकेका छन्, रोहितले भनेका छन्। उनी सम्भवतः मुम्बईले गत वर्ष रणजी ट्रफी जिनुको एक कारण हुन् । उनले अलराउन्डरको रूपमा ठूलो भूमिका खेले, त्यसैले उनी हाम्रो लागि एकदम राम्रो विकल्प हुन् ।
