आईसीसी (इन्टरनेशनल क्रिकेट काउन्सिल) ले २०२४ को ओडीआई र टी-२० आई क्रिकेटर अफ द इयरका लागि मनोनित खेलाडीहरूको सूची घोषणा गरेको छ ।

छोटो प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न आईसीसी अवार्ड्सको दोस्रो दिन चार फरक श्रेणीका मनोनयन सार्वजनिक गरिएको हो ।

पुरुष ओडीआई क्रिकेटर अफ द इयरका मनोनित
▪️वानिन्दु हसरंगा (श्रीलंका)
▪️अजमतुल्लाह ओमरजाई (अफगानिस्तान)
▪️शेर्फन रदरफोर्ड (वेस्ट इन्डिज)
▪️वानिन्दु हसरंंगा (श्रीलंका)

महिला ओडीआई क्रिकेटर अफ द इयरका मनोनित
▪️चामारी अथापथ्थु (श्रीलंका)
▪️स्मृति मन्धाना (भारत)
▪️एनाबेल सुथरल्याण्ड (अष्ट्रेलिया)
▪️लौरा वोल्भार्ट (दक्षिण अफ्रिका)

पुरुष टी-२० आई क्रिकेटर अफ द इयरका मनोनित
▪️अर्शदीप सिंह (भारत)
▪️बाबर आजम (पाकिस्तान)
▪️ट्राभिस हेड (अष्ट्रेलिया)
▪️सिकन्दर राजा (जिम्बाब्वे)

महिला टी-२० आई क्रिकेटर अफ द इयरका मनोनित
▪️चामारी अथापथ्थु (श्रीलंका)
▪️लौरा वोल्भार्ट (दक्षिण अफ्रिका)
▪️एमेलिया केर (न्युजिल्यान्ड)
▪️ओर्ला प्रेन्डरगास्ट (आयरल्याण्ड)

आईसीसी अवाईस २०२४ का विजेता जनवरी २०२५ को अन्त्यमा घोषणा गरिनेछ । अवार्ड्समा १२ व्यक्तिगत पुरस्कार र पाँच उत्कृष्ट टोलीहरू छनोट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *