ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ७ औं तुल्सीलाल स्मृति क्लब टिम च्याम्पियनसिपको तेस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ललितपुर महानगरपालिकाको टिम ८ अंक बनाउदै एकल अग्रता हासिल गरेको छ । महानगरपालिकालो टिमले चौथो चरणमा दुई पटकका च्याम्पियन थापाथली चेस पार्कमाथि ३-० को स्कोर अन्तरले जित निकाल्न सफल बने ।

स्पर्धामा पहिलो बोर्ड रोमाञ्चक रहन पुग्यो । दुई एफएमबीच छरिटो खेल २३ चाल सम्म थ्योरिकल रुपमा अगाडि बढेका थिए। एफएम रुपेश जैसवालले २४ औं चालमा नोभल्टि ल्याउदै अन्यौल श्रृजना गर्न पुगे । अनन्तोगत्व एफएम रिजेन्द्रले ब्लन्डर गरे पछि नमीठो हार व्यहोर्नु पर्यो ।

चौथो बोर्डमा उत्कृष्ट खेल पस्किरहेका युवा अभिक शाहले आफ्नो लय कायम गर्दै वोमन नेशनल च्याम्पियन सिन्दिरा जोशीविरुद्ध एण्डिङ खेलमा पाउन अप लिन पुगे । अभिकले त्यहि पाउनलाई क्विन प्रमोट गर्दै सिन्दुरको किङ्गलाई एक्लो बनाइ हार स्वीकार्न बाध्य बनाएका थिए ।

यस्तै दोश्रो बोर्डमा महानगरपालिकाका उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले थापाथलीका खेलाडी सुशील चौधरी सँग स्लाइडलि अप रहँदै प्रस्तावित बराबरी स्वीकारेका छन् ।

तेस्रो बोर्डमा भने अन क्लियर पोजिशन देखिन्थ्यो । खेल जितहार परिणाम जस्को पक्षमा निस्के पनि ललितपुर महानगरको टिमले आवश्यक अंक बटुलिसकेको हुदा एफएम क्षितिज भण्डारी र आशिष् फूँयालले बराबरीमा टुड्याउन राजि बनेका हुन् ।

सर्वाधिक पुरस्कार राशी प्रदान गरिने क्लब टिम प्रतियोगितामा थापाथली चेस पार्क हारका बाबजुद ६ अंक बोकेर दोश्रो स्थानमा स्थिर रहेका छन् । चेस पार्कको ११.५ टाइब्रेकर रहेको छ । समान ६ अंक बोकेर गत संस्करणको विजेता दोलखा चेस होम तेश्रो स्थानमा रहन सफल भएका छन् ।

दोलखाका खेलाडी नेपाल च्याम्पियन राजन सुवेदीले पहिलो वोर्डमा भक्तपुरका विपक्षी खेलाडी अनुपस्थित रहँदा अर्को खेलाडी सँग प्रतिस्पर्धा गर्न मानेनन् । टेक्निकल टिमले उनलाई अंक प्रदान गरे। तेस्रो वोर्डमा भक्तपुर कै राजेश कक्षपतिले विवाद बारे अन्तर्राष्ट्रिय रेफ्रि संग जानकारी लिन मोबाइल चलाउदा उनले पनि खेल गुमाउन बाध्य बने । दोस्रो वोर्डका प्रकाशचन्द्र नेपालले विनय थापा माथि मुस्किल जित निकाल्दै टिमलाई महत्त्वपूर्ण अंक दिलाएका छन्। पुजा भण्डारी भने सयन कोजुसित हारेकि छिन् ।

७ चरणको लिग खेलमा प्रतिस्पर्धा गरि उच्च अंक बनाउने ४ टोलि नकआउट समिकरणमा प्रवेश गर्ने सम्भावना कायम राखेका दोलखा जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, काठमाडौं चेस क्लब, आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महालक्ष्मी नगरपालिका, कास्की जिल्ला बुद्धिचाल संघले समान ५ अंक जोडेका छन् ।

प्रतियोगिताको पाँचौ चरणको खेल चलिरहेको छ भने भोलि लिग चरणको सबै खेल सम्पन्न हुने जानकारी एफए सोराज ताम्राकारले दिएका छन् । ताम्राकारका अनुसार आजको खेल युवा व्यवसायी रञ्जन ठकुरी घोषालले आरम्भ गरेको थियो । उनले स्पोर्ट्स क्लबलाई ५० थान चेस बोर्ड उपहार प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *