काठमाडौं । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले मुवाँथाई प्रतियोगितामा सहभागिता हुन भारत जाने टोलीको बिदाइ गरेका छन् ।
इन्डो नेपाल प्रो मुवाँथाइ प्रतियोगिता डिसेम्बर ३१ मा भारतको त्रिपुरामा हुनेछ । यसैगरी सोही अवसरमा एसियन टेबल टेनिस युनियन एकेडेमीको कार्यक्रममा सहभागी हुन कतारको दोहा जाने टेबल टनिस खेलाडीलाई पनि बिदाइ गरिएको थियो ।
बिदाइ कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, सदस्य सागर चित्राकार, नेपाल मुवाँथाइ संघका अध्यक्ष गणेश कक्षपती, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतको उपस्थिति थियो ।
