ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जन च्याम्पियन बनेका छन् ।

प्रिन्सले पुरुष तथा रसिलाले महिला एकलतर्फ उपाधिमा ह्याट्रिक गरे ।

शनिबार भएको पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले नेपाली सेनाका प्रफुल महर्जनमाथी २१-८, २१-९ को जित निकाले । एपिएफका देवराज राना र क्षितिज खनालले तेश्रो स्थान हासिल गरे ।

महिला एकलतर्फ रसिलाले आफ्नै क्लबकी अमिता गिरीलाई २१-७, २१-११ ले निरास बनाइन् । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।

पुरुष (शीर्ष २० बरियता बाहेक) युगलतर्फको फाइनलमा नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले र बालकुमारी रिमिक्स क्लबका सशिन डंगोल र सुमन शाक्यको जोडीलाई पराजित गर्यो ।

महिला एकलतर्फ रासिलाले आफ्नै क्लबकी आमिता गिरीलाई २१-७, २१-११ ले निरास बनाइन् । सेनाकै रिहाना शेरचन र शेष्ना श्रीपाली संयुक्त तेश्रो भए ।

पुरुष (शीर्ष २० बरियता बाहेक) युगलतर्फको फाइनलमा नेपाली सेनाका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले र बालकुमारी रिमिक्स क्लबका सशिन डंगोल र सुमन शाक्यको जोडीलाई पराजित गर्यो ।

विधान र पविनको जोडीले २१-१४, २१-१४ को जित निकाल्दै उपाधिमा ह्याट्रिक गर्यो । नेपाली सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडी तथा बालकुमारी रिमिक्सका दिप्रिश मुनी बज्राचार्य र रमन महर्जनको जोडी तेश्रो भए ।

यु-१७ को ब्वाइज एकलतर्फ एपिएफका कविर केसीले उपाधि उचाले । सेनाका सुविन श्रेष्ठलाई २१-९, २१-१३ ले पराजित गरे । कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोल र कैलालीका शिषिर राना संयुक्तरुपमा तेश्रो भए ।

यहि विधाको गर्ल्सतर्फ नेपाली सेनाकी रिहाना शेरचनले उपाधी कब्जा गरिन् । शेरचनले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१-१७, २१-१२ ले हराइन् । तेश्रो स्थानमा एपिएफका प्रियंशा श्रेष्ठ र टिशा रानी शाक्य रहे ।

मास्टर्स ४५ बर्ष माथिको युगल तर्फ सहआयोजक बालकुमारी रिमिक्स क्लबका शान्ता डंगोल र कृष्ण श्रेष्ठको जोडीले स्पोर्टस हबका सानबहादुर साँवा र लाक्पा शेर्पाको जोडीलाई १०-२१, २३-२१, २१-१६ ले पराजित गर्दै उपाधि जिते ।

कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्ले तथा हिमाल गुरुङ र शम्भु श्रेष्ठको जोडी संयुक्तरुपमा तेस्रो भए ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगतर्फका विजयीले ४० हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी उपविजेताले २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले १० हजारका रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । मास्टर युगल (४५ वर्ष माथि) का शीर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी पाए ।

यसैगरी यु-१७को ब्वाइज तथा गर्ल्स एकलमा प्रथम द्वितीय र तृतीयले २० हजार, १० हजार र ५००० रुपैयाँका साथ मेडल, ट्रफी र प्रमाणपत्र हासिल गरे ।

विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, उपमहासचिव नविनविक्रम शाह, प्रायोजक योनेक्सका नेपाली आधिकारीक त्रिक्रेता इनास इन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोलालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरि २२८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *