दिपक बोहरा, पाँचथर

फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितमा ‘ए’ डिभिजन बिजेता चर्च व्वाइज युनाइटेड उपाधि नजिक पुगेको छ ।

शुक्रबार फिदिम माबिको खेलमैदानमा भएको सेमिफाइनल खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लबलाई ३- १ गोलले हराउँदै फाइनल प्रबेश गरेको हो ।

गत सातामात्र झपा कपको उपाधि जितेको चर्च व्वाइज पाँचथरमा पनि उपाधि नजिक पुगेको हो । अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न पुग्यो । घरेलु मैदान र घरेलु दर्शकको साथ रहेको आयोजक ए डिभिजन बिजेता चर्च व्वाइज सँग निराश बन्यो ।

खेलमो ४३औं मिनेटमा आशिष चापगाइको क्रसमा दिनेश शेर्माले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । तर फिदिमले अग्रता लामो समय टिकाउन सकेन । पहिलो हाफको अतिरिक्त समयमा चर्च व्वाइज खेलमा फर्कीयो । समिर तामाङले गरेको सुन्दर भलि प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ६२औं मिनेटमा कर्नरबाट आएको प्रहारलाई बिदेशी खेलाडी अर्मान्डले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ८४औं मिनेटमा फिदिमले काउन्टर अट्याक्टमा गोल खाएको थियो । मध्यभागबाट सेर्गे डिकाले मिलाइदिएको पासमा अबयोमीले गोल गर्दै चर्च व्वाइजलाई ३-१ को जित दिलाउँदै टोलीलाई फाइनल पुऱ्याए ।

चर्च व्वाइज फाइनल पुगेसँगै पाँचथर, इलाम र झापामा फाइनल खेल्ने टोली बनेको छ ।

बिजेता टोलीका प्लेयर अफ दि म्याच चर्चका अबयोमी भए । उनले नगद १० हजार पाए । भोलि चिरपरिचित प्रतिद्वन्द्वी न्यू रोड टिम (एनआरटी) र मच्छिन्द्र एफसीबीच अन्तिम सेमिफाइनल हुनेछ ।

१४ पुससम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *