हेटौंडा । बकैया गाउँपालिका वडा न. ११ खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा सोमबार भएको बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेको एक दिने बकैया गाउँपालिका स्तरीय कराते प्रतियोगितामा ७ स्वर्ण सहित बकैया गाउँपालिकाको छतिवन कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भयो ।
छतिवनले ७ स्वर्ण सहित ५ रजत तथा १ कास्य पदक हात पारेको थियो तेसैगरी ७ स्वर्ण हात्तिसुंडे डोजो टिम दोस्रो हुन सफल भयो दोस्रो भएको हात्तिसुँडेले ७ स्वर्ण सहित १ रजत ८ कास्य हात पार्यो भने ३ स्वर्ण पदक, ९ रजत पदक र ९ कास्य जित्दै सिमान डोजो टिम तेस्रो भएको थियो ।
बकैया गाउँपालिका खेलकुद विकास समिति संयोजक विजय लामा थिङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताए । उनले बकैया गाउँपालिकामा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गरे । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिए ।
